अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका तीन वटै खोलाको अनुगमन गरिएको छ । मंगलबार उपमेयर शारदा देवी रोकायाको नेतृत्वको जनप्रतिनिधिको टोलीले नदीजन्य पदार्थ सङ्कलन हुँदै आएका तीन वटा खोलाको अनुगमन गरेको हो ।
उपमेयर रोकायाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्कामा लगाएका खुटिया, खैराना र गोदावरी खोलाको अनुगमन गरिएको बताइन ।


‘हामीले खोलाहरूको नियमित अनुगमन गर्ने क्रममा आज (मंगलबार) अनुगमन गरेका हौ’ उनले भनिन ‘अनुगमनमा त्यस्तो त्रुटि त केही भेटिएन ।’
गोदावरी नगरपालिकाले तीन वटै खोलाबाट नदीजन्य पदार्थको सङ्कलनका लागि ठेक्कामा लगाएको छ ।


















