खाेज्नुहाेस

कैलालीको एक सहकारीले केराको रेशाबाट विभिन्न सामग्री उत्पादन गर्दै

Image

कैलाली– कैलालीको एक सहकारीले केराको थामको रेशाबाट विभिन्न सामग्रीहरु निर्माण गर्दै आईरहेको छ । जिल्लाको टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट विभिन्न सामग्रीहरु निर्माण गर्दै आईरहेको हो ।

navjiwan hospital

सहकारीले एक वर्ष अघि उद्योग स्थापना गरि केराका थामबाट रेशाहरु उत्पादन गर्ने र सो रेशाहरुबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरेको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए ।

attariya hospital

उनले त्यस्ता सामग्रीहरुको विक्रिवितरणका लागि बजारको अभाव नरहेको बताए । उनका अनुसार दैनिक १० वटा जति केराका थामबाट एक केजी रेशा उत्पादन हुने गर्छ भने एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ ।

सहकारीले प्रतिटोपी रु. एक हजार तथा पेन होल्डर रु. तीन सयमा बिक्री गर्ने गरेको चौधरीले बताए । उनले उत्पादीत सामग्रीहरुको बजारमा माग उच्च रहेको र माग अनुसारका सामग्रीहरु निर्माण गर्न नसकिएको समेत बताए ।