
अत्तरिया – अछाममा चुल्होबाट सल्किएको आगोले घर जलेको छ । आइतबार रामारोशन गाउँपालिका – १ तालीका फकिरे साउदको २ कोठे कच्ची घरमा चुल्होमा बालेको आगोबाट आगलागी हुँदा घर जलेको हो ।

आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, काठ लगायतका सामानहरू गरी अन्दाजी १ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।