खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ 

Image
file photo
अत्तरिया – कैलालीबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार धनगढीबाट २ र टीकापुरबाट २ जनालाई पक्राउ गरिएको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – १ पुष्पलाल चोक नजिकबाट सोही ठाउँका २१  वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
maya metro hospital
यस्तै टीकापुर नगरपालिका – ७ बनगाउँ स्थित सडक खण्डमा टीकापुर नगरपालिका – ९ का २५ वर्षीय अजय चौधरी समेत दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ ।