अत्तरिया– नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सचिव बिरेन्द्र खड्काले आफ्नो जन्मदिन महिला तथा बालबालिका सेभ हाउसमा मनाएका छन । खड्काले शनिबार परेको आफ्नो जन्मदिन कैलालीको अत्तरियामा रहेको महिला तथा बालकालिका सेभ हाउसमा विभिन्न सामग्री सहयोग गरि मनाएका हुन ।


जन्मदिनको अवसरमा सेभ हाउसमा केक काटेर मनाउनुका साथै स्टेशनरी सामग्रीहरु पनि सहयोग गरिएको तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले बताए ।
उनले सेभ हाउसमा रहेका बालबालिकाहरुका लागि कापीकिताब, वर्णमाला, पेन्सिल, डट्पेनका साथै फलफुल पनि सहयोग गरिएको बताए ।