धनगढी – कैलालीको कैलारीमा आमा – छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीय मिना चौधरी र उनकी १९ वर्षीय छोरी सुस्मिता चौधरीको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो विषादी सेवन गरिएका भनिएका उनीहरूको सेती अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले घरमै विषादी सेवन गरिएको भनिए पनि कुन विषादी सेवन गरेको भन्ने नाम नखुलेको बताए ।

विषादी सेवन गरेपछि उनीहरूलाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । दुवै जनाको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।