
धनगढी– कैलालीको भजनीबाट एक १४ वर्षिया किशोरी बेपत्ता भएकी छन् । भजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बेपत्ता भएकी हुन ।
बिहिबार दिउँसो साढे १ बजे कसैलाई जानकारी नदिई घबाट निस्किएकी निलम अबेर रातीसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले निलमको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
