खाेज्नुहाेस

धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

Image

धनगढी – सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा आजदेखि धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी शुरू भएको छ। प्रादेशिक प्रदर्शनीको आज एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले उद्घाटन गरे ।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको कार्यालय हसनपुर धनगढीमा भैरहेको प्रदर्शनीमा झण्डै दुइ सय कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले बताए।

उपकुलपति जोशीले सुदूरपश्चिममा ललितकलाको विकासका साथै कलाकारको श्रीबृद्धिका लागि प्रदर्शनी आयोजना गरिएको बताए। उनले ललितकलालाई आर्थिक सम्बृद्धिसंग पनि जोड्ने उद्देश्य रहेको बताए।

attariya hospital
navjiwan hospital

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानलाई स्वायत्त र अधिकार सम्पन्न बनाउन ऐन संशोधन गरिएको बताए। उनले प्रदेशको समग्र कला, साहित्य र संस्कृतिको विकासका लागि एकेडेमी स्वतन्त्र हुनुपर्ने बताऊदै प्रादेशिक ललितकला प्रदर्शनीको सफलताको शुभकामना ब्यक्त गरे।

समारोहमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र सिर्जनाको सम्मान गर्दे नेपाली मौलिक कलाको विकास र सम्बृद्धिका लागि प्रादेशिक प्रदर्शनी गत वर्षबाट प्रारम्भ गरिएको बताए। उनले सुदूरपश्चिम कला र संस्कृतिको बेजोड संगम भएको बताउदै सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्रशंसनीय कार्य गरिरहेको समेत बताए।

प्रादेशिक प्रदर्शनी उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्रदीप अधिकारी, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशी, प्राज्ञ तारा ओझा, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख सञ्चालिका हिरा दिदी, सुप कला प्रतिष्ठानका पूर्व अध्यक्ष अम्बिका आचार्य, कलाकार जीतबहादुर आउजी, उदयसिंह बोहरा, साहित्यकार सृजन श्री, धनगढी लेडी जेसिजकी अध्यक्ष संगीता न्यौपाने, पत्रकार मीन ठकुरी, टंङ्क कुवर, लगायतले शुभकामना प्रकट गरेका थिए।

प्रदर्शनी समुदघाटन समारोहमा बिबिध सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। फागुन १२ गतेसम्म चल्ने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने उपकुलपति डा. जोशीले बताए।

maya metro hospital