खाेज्नुहाेस

धनगढीमा सीप तथा रोजगार मेला सुरु, मन्त्री भण्डारीले गरे उद्घाटन

Image

धनगढी – कैलालीको धनगढीमा सीप तथा रोजगार मेला सुरु भएका छन् । धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा बिहीबार देखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी उद्घाटन गरेका छन् । सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले तालिमलाई व्यवसायसँग जोड्नु पर्ने बताए । उनले पछिल्लो समय तालिम धेरै भए पनि ती तालिमलाई रोजगारी सँग जोड्न आवश्यक रहेको बताए ।

navjiwan hospital

उनले एक महिनाको अवधिमा दिइने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताए । उनले परिणाम प्राप्त नहुने तालिमको सान्दर्भिकता नहुने बताउँदै तालिम परिणाममुखी हुनुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एउटै एकीकृत ढाँचामा तालिम सञ्चालन गर्नु पर्नेमा जोड दिए । नेपाली श्रम बजारमा बाहिरबाट जनशक्ति आयात भइरहेको र श्रम बजारको मुनाफा लगिरहेको बताउँदै यस्तो बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता, आवश्यकता महसुस हुने बताए ।

attariya hospital

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा आयोजना हुने मेला ४० दिन सम्म सञ्चालन हुने छ । मेलामा १८ देखि ४० वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिइने जनाइएको छ । जसमा सुदूरपश्चिमका ३९ पालिकाका १ हजार ४० जना सहभागी छन् ।

उनीहरूलाई बिल्डिङ पेन्टरको तालिमका लागि २५ सिट, पुरोहितका लागि २५, वेटरमा ५०, टायल मार्बल फिक्स्चर तालिमका लागि ५०, फेसन डिजाइन, एडभान्स व्युटिसियन, लेखा व्यवस्थापन तालिम, एडभान्स टेलरिङ, कफी वारिस्ता लगायत तालिम दिइने छ ।