अत्तरिया – कैलालीबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । बुधवार टीकापुर र धनगढीबाट लागू औषध सहित ३ युवा पक्राउ परेका हुन ।


टीकापुर नगरपालिका – ९ खक्रौला स्थित सडक खण्डबाट सुपप्र ०१–००९ प ५७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको टंकी लकको ढकन भित्र लुकाई राखेको अवस्थामा ७६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले सो मोटरसाइकलका चालक टीकापुर नगरपालिका – १ ब्लक नम्बर १५ का २१ वर्षीय जगत बहादुर भण्डारी र मोटरसाइकल पछाडि सवार टीकापुर नगरपालिका – २ का २० वर्षीय शेखर सुनार पक्राउ गरिएको जनाएको छ ।
यस्तै बुधवार राती धनगढी उपमहानगरपालिका – ८ बुद्धचोकबाट स्थानीय २९ वर्षीय वसन्त खत्री १० ग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
