
अत्तरिया – कैलालीको धनगढीमा खेतमा जुवा खेलिरहेको ४ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – २ बैयाबेहडी स्थित खेतबारीको टहरा भित्र जुवा तास खेलिरहेका ४ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय अबनिश सिंह सहित ४ जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १९ लाख ३२५ रुपैयाँ, २ गड्डी तास र २ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।