अत्तरिया – कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धा सहित २ जना घाइते भएका छन्।

गोदावरी नगरपालिका–३ चौकीडाँडामा से ३ प ४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ९७ वर्षीय धर्मादेवी भट्टराई र मोटरसाइक चालक २३ वर्षीय सुमन भट्टराई घाइते भएका हुन ।

तीन जना सवार मोटरसाइकल पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ । चालक भट्टराईको पदमा अस्पताल र वृद्धाको धनगढीमा उपचार भइरहेको छ ।