खाेज्नुहाेस

कैलालीमा घरेलु हतियार देखाएर लुटपाट

Image
navjiwan hospital

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा मंगलबार राति लुटपाट भएको छ। प्रहरीका अनुसार, करिब राति १० बजे सुखड बजारको भजनी रोड मिलन चोकबाट शान्तिनगर जाँदै गरेका साहानुराम डगौरा र अजय चौधरीलाई मोटरसाइकलमा आएका तीनजनाको समूहले घरेलु हतियार देखाएर लुटपाट गरेका छन्।

लुटेराहरूले नगद १० हजार रुपैयाँ तथा साहानुराम डगौराको नागरिकताको प्रमाणपत्र लुटेका छन्। पीडित अजय चौधरीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्, भने प्रहरी लुटेरा समूहको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका निरीक्षक कवीन्द्र बोहराले जानकारी दिएका छन्।

attariya hospital