अत्तरिया– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि सीप बिकास कार्यशाला आयोजना गरेको छ । कम्पनिको धनगढी रिजन कार्यालयले बुधबार अत्तरियामा प्रदेश स्तरिय अभिकर्ताहरुका लागि एक दिने सीप बिकास कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा जीवन बिमा अभिकर्ताहरुलाइ कम्पनिका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले प्रशिक्षण दिएका थिए । त्यसका साथै कार्यशालामा कम्पनीको क्लब स्किमका बारेमा कम्पनिका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती र एजेन्सी मोडलको बारेमा कम्पनिका धनगढी रिजन १ का क्षेत्रीय प्रबन्धक ललित बहादुर साउँदले जानकारी दिएका थिए ।

कम्पनिमा आवद्द अभिकर्ताहरुलाइ जीवन बिमाको क्षेत्रमा ग्राहक संग कसरी सम्झौता गर्ने, उनिहरुलाइ बिमाको बारेमा कसरी जानकारी दिने लगायतका बिषयमा जानकारी दिनका लागि कार्यशाला आयोजना गरिएको कम्पनिका धनगढी रिजन १ का शाखा प्रबन्धक महेन्द्र बि.क ले बताए ।
त्यसका साथै सुदूरपश्चिममा कम्पनिको बिमा व्यवसाय अभिवृद्धि गर्ने समेत कार्यशालाको उद्देश्य रहेको उनले बताए । त्यसका साथै कार्यशालामा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरिएको थियो ।