खाेज्नुहाेस

अत्तरियामा पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार घर आँगनमा रहेको नल्काको पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर गोदावरी नगरपालिका–१ बाँसबारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पीयूष विकको मृत्यु भएको हो ।

खाल्डोको पानीमा डुबेर घाइते भएका बालकको उपचारका माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital