खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित ४ जना पक्राउ

Image
file photo

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका-८ नवदुर्गा टोलबाट चार जना पक्राउ परेका छन । मगलबार १ ग्राम १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित ४ जना पक्राउ परेका हुन ।

navjiwan hospital

पक्राउ पर्नेमा ३० वर्षीय भक्त राज जोशी, ३२ वर्षीय प्रदिप योगी, २४ वर्षीय बल श्रीमाल, र १८ वर्षीय किशोर रहेका छन्।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।