खाेज्नुहाेस

फार्मेसीबाटै लागुऔषध बिक्री गर्ने २ जना पक्राउ

Image
navjiwan hospital

धनगढी – कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री गर्ने २ जना पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन ।

फार्मेसीबाट १७ ट्याबलेट नेमेडोल र अमृतको साथबाट ४३ ट्याबलेट ट्रमेडोल औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

attariya hospital