अत्तरिया – कैलालीको भजनी नगरपालिका–५ चमरौदामा अबैध काठ बरामद गरिएको छ।

आइतबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले गहुँबारीमा चिराएर राखेको साल जातको १७ थान कडी र ७ थान फ्रेमसहित कुल १२.३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारेको हो।

उक्त काठ आवश्यक कानूनी प्रक्रिया पुरा गरी सब-डिविजन बन कार्यालय, भजनीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।