अतरिया – कैलालीमा लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार लम्कीचुहा नगरपालिका–४ बलियाबाट ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरीलाई Nemedol १७ ट्याबलेट र Tramadol ४३ ट्याबलेट सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी, गोदावरी नगरपालिका–२ पहाड रोड तेघरीबाट २७ वर्षीय दिपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारीलाई १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित पक्राउ गरिएको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–५ लब्लीचोकबाट २८ वर्षीय निमोह चौधरीलाई १०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।