धनगढी– धनगढीमा महा शिवरात्रि तथा २६२ औं सेना दिवसको अवसरमा दौड प्रतियोगिता हुने भएको छ। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागेको हो।

सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा धनगढीस्थित बोराडाडी ब्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुन लागेको जनाइएको छ।

सो दौड प्रतियोगितालाई युनिट रनको नाम दिइएको छ भने निःशुल्क आवेदनको समय फागुन ७ गतेदेखि १० गतेसम्म रहेको छ। प्रतियोगिताको अन्तरगत १० किलोमिटर महिला पुरुष खुल्ला दौड र ५ किलोमिटर विद्यार्थी आमन्त्रित पाहुनाहरूको दौड गराइने जनाइएको छ ।