खाेज्नुहाेस

टीकापुरलाई गुलाबको शहर बनाउन अभियान सुरु

Image

टीकापुर – प्रणय दिवसको अवसरमा टीकापुरलाई गुलाबको शहर बनाउने अभियान सुरु गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुवात गरे।

navjiwan hospital

मन्त्री चौधरीले यो अभियानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई सघाउन आग्रह गरे। यसै क्रममा, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले पाँच लाख सहयोग हस्तान्तरण गरेको छ।

attariya hospital

प्रदेशसभा सदस्य ललिता सुनारले अभियानलाई समर्थन गर्ने बताइन् भने सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले गुलाबको बगैँचासहितको यस्तो शहर अन्यत्र नदेखेको बताए। नगरप्रमुख रामलाल डंगौरा थारुले नगरपालिकाको पैसा खर्च नगरेर श्रमदान र सहयोगबाट अभियान अघि बढाइने जानकारी गराए।

पहिलो दिनमा नगरपालिकाको प्राङ्गण र खडक चोकदेखि जमरा पुलबीच गुलाबका बिरुवा रोपिएका छन्, जसमा विद्यालय र समुदायको श्रमदान रहेको छ।