खाेज्नुहाेस

बडेहा बिजौरा खानेपानीको नयाँ निर्वाचित समितिले थाल्यो काम

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–१ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ निर्वाचित कार्यसमितिले काम सुरु गरेको छ । यही माघ २६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएको नयाँ कार्यसमितिले सपथ ग्रहण गरिसकेपश्चात खानेपानीको कामकारबाही सुरु गरेको हो ।

जसअन्तरगत पहिलो पटक समितिले खुला रुपमा छोडिएका खानेपानीका पाईपहरु ढाक्ने काम गर्न थालेको छ । शुक्रबार वडा नं. ६ को बडेहा टोलमा रहेका करिब ३० परिवारका लागि विछ्याईएको खानेपानीको पाईप लाईन पुर्ने काम भएको नवनिर्वाचित अध्यक्ष चेतराज पन्तले बताए । उनका अनुसार जडान गरिएका खानेपानीका पाईपहरु पुरेर विस्तार गर्नुपर्नेमा खुल्लारुपमा खेतबाट लगेको अवस्था रहेकाले त्यस्ता पाईपहरुलाई पुर्ने काम सुरु गरिएको हो ।

attariya hospital
navjiwan hospital

उक्त कार्य निरन्तर गरिने उनले बताए । ‘यस अघिको कार्यसमितिले करिब २५ देखी ३० घरधुरीका लागि पाईप विस्तार गर्नुभएको रहेछ, तर त्यो पाईप त्यत्तिकै माथि खेतबाटै लगिएको थियो’ उनले भने ‘त्यस्ता पाईपहरु हामीले पुर्ने काम सुरु गरेका छौ ।’ उनले जमिन मुनिबाट खानेपानीको पाईप विस्तार गरे पानी चोरी हुने, फुट्ने तथा पाईप चोरी हुने लगायतका समस्याहरु नहुने बताए ।

उनले खानेपानीको मापदण्ड पनि जमिन मुनिबाटै पाईप विस्तार गर्नु रहेको बताए । उनले तत्काल करिब ६ सय मिटर क्षेत्रमा सो कार्य गरिरहेको र उक्त कार्य निरन्तर रुपमा चलिरहने बताए । ‘वडा नं. ६ कै भुँयरा टोल तथा वडा नं. १ को बिजौरा टोलमा पनि उक्त समस्या छ’ उनले भने ‘आज यताको कार्य सकेर पुनः त्यतातिरका पाईपलाईनहरु पनि पुर्ने काम गरिनेछ ।’

अध्यक्ष पन्तले पाईप लाईन पुर्ने मात्रै नभई नयाँ पाईपलाईन जडान गर्ने कार्य लगत्तै सुरु गर्न लागेको जानकारी दिए । उनले सो क्षेत्रमा रहेका खानेपानीको पहुँचमा पुग्न नसकेका सबै उपभोक्ताहरुसमक्ष खानेपानी पु¥याउने लक्ष्य रहेको समेत बताए ।

maya metro hospital