अत्तरिया – कैलालीको अत्तरियामा दलित अधिकार र समानताको लागि २ दिने क्षमता विकास तालिम आयोजना गरिएको छ । दलित सशक्तीकरण कार्यक्रम अन्तरगत गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा अत्तरिया विकास मञ्चले तालिम आयोजना गरेको हो ।

शुक्रवार देखि सुरु भएको तालिमको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उद्घाटन गरेकी थिइन ।

मञ्चका अध्यक्ष गणेश कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका – २ कि वडा सदस्य आरती लुहार, मञ्चका सल्लाहकार, कृष्ण बिक, सुमित्रा सोप, बाजी कामी, संस्थापक कमल बिक लगायतको सहभागिता रहेको थियो ।



मञ्चकी सचिव कमला सोपले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य लक्ष्मण विकले गरेका थिए । शनिवार सम्पन्न हुने तालिममा गोदावरी – २ का करिब ३५ जनाको सहभागिता रहेको छ ।
तालिममा प्रशिक्षक गम्भीर ऐर, गंगाराम पाध्याय, महाजित साउद, कृष्ण विकले प्रशिक्षण दिँदै छन् ।
भिडियो (तालिमका बारेमा जानकारी)
सम्बन्धीत भिडियो