खाेज्नुहाेस

गोदावरी सहित ६ पालिकाबाट ७ लाख बढीको अवैध सामान बरामद 

Image
file photo
अत्तरिया – प्रहरीले कैलालीको गोदावरी नगरपालिका सहित ६ पालिकाबाट अवैध सामान बरामद गरेको छ । बिहीबार कैलालीको गोदावरी सहित धनगढी, टीकापुर, कञ्चनपुरका भीमदत्त, बेलौरी, दोधारा चाँदनीबाट ७ लाख ५४ हजार ७७० रुपैयाँ बराबरको भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – ३ ट्राफिक रिसोट नजिक, माया मेट्रो हस्पिटल नजिक, धनगढी उपमहानगरपालिका –९ त्रिवेणीघाट, गोदावरी नगरपालिका – ४ गोदावरी हनुमान मन्दिर नजिक, गोदावरी वनदेवी मन्दिर नजिक र टीकापुर नगरपालिका – ९ खक्रौलाबाट ५ लाख २३ हजार ९७० रुपैयाँ बराबरको बच्चाको खेलौना, नमकिन, केक, विभिन्न किसिमका कपडा, जेसीवी एक्स्काभेटर विभिन्न पाट पुर्जा, ट्याक्टरका विभिन्न पाट पुर्जा, भाँडा बर्तन, मोबाइल कभर, चार्जिङ पिन, डिस्प्ले, टर्च लाइट, बोईलर कुखुरा, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
maya metro hospital
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ भुजेला, बेलौरी नगरपालिका –५ मैना र दोधारा चाँदनी नगरपालिका – ३ जमुनाघाडीबाट २ लाख ३० हजार ८ सय बराबरको प्याज, अचार, बिउ बिजन, विभिन्न किसिमका कपडा, हार्डवेयर लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।