कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ 

Karma Consultancy
अत्तरिया – कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बिहीबार राती धनगढीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जना युवा पक्राउ परेका हुन ।
citizen security services
belauri nagarpalika
attariya hospital
धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट लागू औषध सहित गोदावरी नगरपालिका – ५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । यस्तै धनगढी उपमहानगरपालिका – १२ “सी” गाउँबाट सोही ठाउँका  २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका –  १२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.