
अत्तरिया– कैलालीमा चेक अनादर मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन । जिल्लाको कैलारी गाउँपालिका– १ पवेरा बस्ने संजिव कुमार चौधरी चेक अनादर मुद्धामा पक्राउ परेका हुन ।

जिल्ला अदालत कैलालीको फैसला पश्चात २ वर्षको कैद सजाय तोकिएका उनलाई सोमबार आफ्नै घरठेगानाबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
