कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ 

Karma Consultancy
अत्तरिया – कैलालीमा चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका – ४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका – ३ मेल्टाका २६ वर्षीय नरेश साउँद पक्राउ परेका हुन ।
citizen security services
belauri nagarpalika
attariya hospital
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले साउँदको साथबाट एक थान चितुवाको छाला नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.