धनगढी – गौरीफन्टा सीमा नाकामा मानव तस्करीको प्रयास असफल पार्दै एसएसबीले १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको छ ।

बझाङकी सोविता सुनारलाई बैंगलोर लैजान खोजिएका युवक सुशील पार्कीलाई नियन्त्रणमा लिइएको छ। अनुसन्धानअनुसार किशोरी तीन दिनदेखि बेपत्ता थिइन् ।

अभियुक्तलाई नेपाल प्रहरी कैलालीको जिम्मा लगाइएको छ भने पीडित किशोरीलाई अभिभावकको उपस्थितिमा नेपाल एनजीओ पीआरसीलाई बुझाइएको छ ।
