टीकापुर – कैलालीको टीकापुर नगरपालिका–७ ले चिराकीलाई सूचना प्रसारमा सहजता ल्याउन साइकल वितरण गरेको छ । वडाको बजेटबाट १२ चिराकीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ बराबरको साइकल दिइएको हो । चिराकीहरूले बडघर प्रणालीअनुसार सार्वजनिक सूचना, भेला, खोप अभियान तथा बाढीसम्बन्धी जानकारी गाउँभरि पु¥याउने गर्छन् ।

वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार चिराकीहरूले घर–घर पुग्न सजिलो होस् भनेर साइकल वितरण गरिएको हो । १५ बडघर र १२ चिराकी रहेको वडामा पैदल सूचना पु¥याउन धेरै समय लाग्ने भएकाले साइकलले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

नगरप्रमुख रामलाल डगौरा थारूका अनुसार टीकापुरमा बडघर ऐन पारित भइसकेको छ र हरेक वडामा बडघर भवन निर्माण गरिने योजना छ ।
