गोदावरी कृषि सहकारीद्वारा खुर्सानी उद्यम उप–आयोजना अन्तरगत कृषि सामग्री वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि सहकारीले खुर्सानी उद्यम उप–आयोजना अन्तरगत कृषि सामग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच सहकारी मार्फत समूह बनाएर खुर्सानी खेती गरिरहेका गोदावरीको वडा नम्बर ११ र १२ का १५ जना किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो । उक्त सामग्री ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) डडेल्धुरा कार्यालय सँगको साझेदारीमा किसानहरूलाई वितरण गरिएको गोदावरी कृषि सहकारीका अध्यक्ष कृष्ण विकले बताए ।

maya metro hospital

जसअन्तर्गत २ किसानलाई मिनिटिलर, १ किसानलाई पावर टिलर, ३० वटा क्रेट, ६ वटा स्प्रे, १५ फरुवा, १५ कोदालो र १ हजार १२५ केजी जैविक मल वितरण गरिएको अध्यक्ष विकले बताए । उनले उक्त सामग्री ५० प्रतिशत रिडको अनुदानमा किसानलाई वितरण गरिएको बताए ।

citizen security services

उनले हाल ओलानी क्षेत्रमा ४५ कट्ठामा खुर्सानी खेती गर्नको लागि नर्सरी तयार गरिएको बताउँदै त्यसका लागि पनि अनुदानमा ९ सय ग्राम बीउ वितरण गरिसकिएको बताए । ‘यो ओलानी क्षेत्रका लागि नौलो कार्यक्रम रहेको छ’ उनले भने ‘ओलानी क्षेत्र हावापानी र माटोको हिसाबले उपयुक्त हुँदाहुँदै पनि पनि हामी धान गहुँ मात्रै खेती गर्दा लागत पनि नउठ्ने अवस्था भएकाले हामीले त्यसलाई चिर्दै गोदावरी कृषि सहकारीले तरकारी खेतीमा लाग्ने प्रयत्न गरिरहेको छ । जस अन्तरगत खुर्सानी खेती गरिरहेका छौ ।’

attariya hospital

रिडका कृषि प्राविधिक सन्तोष सेटीले चार चरणमा खुर्सानी खेतीको कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले ओलानी क्षेत्रमा धान, गहुँको भन्दा तरकारी खेतीका लागि राम्रो सम्भावना भएकाले खुर्सानी खेतीका लागि छनोट गरिएको बताए । आयोजना अन्तरगत कम्पोस्ट खाडल निर्माण, कृषि सामग्री वितरण, प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् । २०८२ जेठ ७ गते सम्म सञ्चालन हुने उक्त परियोजनाको कुल लागत ८ लाख ८ हजार ८ सय रहेको छ । जसमा रिडको अनुदान ५० प्रतिशत अर्थात् ४ लाख ४ हजार ४ सय रहेको छ ।

लाभदायक किसान हिरादेवी पार्कीले सहकारी मार्फत रिडले कृषि सामग्री र तालिम दिएपछि तरकारी खेती गर्न सहज भएको बताइन् । उनले ३ कट्ठामा खुर्सानी खेती गर्नको लागि बेर्ना राखिसकेको बताइन् । उनले खुर्सानी खेतीबाट आयआर्जन हुने अपेक्षा लिएको बताइन् । उनले खुर्सानी खेतीका लागि चाहिने आवश्यक पूर्वाधार भएकाले सहज भएको बताए ।

अर्का किसान राधा देवी कामीले खुर्सानी खेतीका लागि आवश्यक सामाग्री पाउँदा खुसी लागेको बताइन् । ३ कट्ठामा खुर्सानी खेती गर्ने योजना बनाएकी उनले बीउ पनि राखिसकेको बताइन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.