लम्कीमा बस दुर्घटना हुँदा चार जना घाइते

धनगढी – कैलालीको लम्कीमा बस दुर्घटना हुँदा ४ जना घाईते भएका छन । काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस मंगलबार कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको हो ।

maya metro hospital

सु.प. प्रदेश ०४–००१ ख ००२ नम्बरको उक्त बस दुर्घटना हुँदा बसमा सवार ४ जना घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ४५ जना यात्रु बोकेको उक्त बस सडक छेउको नालीमा बस आफै पल्टीएर दुर्घटना भएको हो ।

citizen security services

दुर्घटनामा दार्चुलाकी २२ वर्षीया सपना बोहराको पेटमा चोट लागेको जनाइएको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाईते अन्य तीन जनाको अवस्था रहेको र बाँकी अरू यात्रु सकुशल रहेको जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.