खाेज्नुहाेस

गोदावरीमा खानेपानी संस्थाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको एक खानेपानी संस्थाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । गोदावरी नगरपालिका १ र ६ मा खानेपानी वितरण गर्दै आएको बडेहा–बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका हुन ।

navjiwan hospital

खानेपानीको नयाँ कार्यसमिति निर्वाचनका लागि सोमबार भएको मनोनयनमा अध्यक्ष चेतराज पन्त, मान बहादुर बलायर, बल बहादुर चौधरी, रमेश प्रसाद भट्ट र रमेश बलायर रहेका छन् । ६ सय ९ उपभोक्ता तथा मतदाता रहेका उक्त खानेपानीमा उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

add everest academy
attariya hospital

उपाध्यक्षमा गणेश महरा,गिरिराज भण्डारी र दुर्गा देवी जोशीको उम्मेदवारी परेको हो । यस्तै सचिवमा उत्तम महरा र लक्ष्मीराज भट्टको उम्मेदवारी दिएका छन् । संस्थाको कोषाध्यक्षमा चित्रा कुमारी भट्ट र बिपन कुमारी चौधरीको उम्मेदवारी दिएका छन् । यस्तै ७ जना सदस्यका लागि समेत १२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत राजेन्द्र खड्काले मंगलबार १२ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको बताए ।