खाेज्नुहाेस

कैलाली कञ्चनपुरका चियानास्ता पसल र होटलबाट ५ जना पक्राउ 

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन् । आइतबार प्रहरीले धनगढीमा सञ्चालन गरिएको चिया नास्ता पसल र महेन्द्रनगरमा सञ्चालन गरिएको होटलबाट लागू औषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका – ४ बोराडाडीबाट स्थानीय ५० वर्षीय हरि सिंह ठगुन्नाले सञ्चालन गरेको चिया नास्ता पसलमा खानतलासी गर्दा  ३०२ ग्राम लागू औषध चरेस बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।  वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको प्रहरी टोलीले चरेस सहित ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बजार स्थित महाकाली होटल एण्ड रेष्टोरेन्टको तेस्रो तलामा बसिरहेको अवस्थामा चेकजाँच गर्दा बेदकोट नगरपालिका – ८ का २३ वर्षीय रमेश चौधरी समेत चार जनालाई  ०.१७ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।