खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा ५ फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलाली र कञ्चनपुर जिल्लामा विभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। शुक्रबार छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

कैलालीमा धनगढी उपमहानगरपालिका-१३ का ४१ वर्षीय मोहन साउदलाई फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले १५,००० रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

त्यस्तै दोधारा चादनी -२ का ७४ वर्षीय बिर सिंह नेपालीलाई सार्वजनिक अपराध मुद्दामा ५० रुपैयाँ जरिवाना, दोधरा चाँदनी-७ का ६६ वर्षीय मानबहादुर चन्दलाई लागुऔषध चरेश मुद्दामा २ हाजार रुपैयाँ जरिवाना, दोधरा चाँदनी-८ का ७५ वर्षीय गोपाल सुनार र ६९ वर्षीय गौरीराम सुनारलाई अंशबण्डा मुद्दामा ६४८.२५ रुपैयाँ जरिवाना तोकिएको थियो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दोधारा-चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको प्रहरीले जनाएको छ ।