खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा लागू औषधसहित ५ जना पक्राउ

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित शुक्रबार ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा ३ युवक र २ किशोर छन्।

navjiwan hospital

कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट प्रहरीले २४ वर्षीय राजन जोशीलाई १३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो।

attariya hospital

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका-५ बेलौरीबाट दुई जना युवकलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा सवार ३२ वर्षीय सन्तोष भट्ट र ३६ वर्षीय उद्धवराज भट्टलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट दुई किशोरलाई ७५० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनीहरूलाई प्रहरी चौकी परासनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।