अत्तरिया– कैलालीको अत्तरिया हस्पिटल र सैपाल ग्यास प्रा.लि. बिच उपचार छुट सम्झौता भएको छ । शुक्रबार अस्पतालका प्रमुख डिल्लीराज पाठक र सैपाल ग्यास प्रा.लि.का मार्केटिङ मेनेजर मनोज दाहाल बिच उपचार छुटसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालका विभिन्न सेवाहरुमा सैपाल ग्यास प्रा.लि.का उपभोक्ताहरुलाई ७ देखी ५० प्रतिशत सम्म छुट दिईनेछ । जसअन्तरगत नियमित ओपिडिमा ५० प्रतिशत सम्म छुट सेवा उपलब्ध गराईने सम्झौतामा उल्लेख गरिएको छ । बिदाका दिन र भिजिटर डाक्टरमा भने पुर्ण शुल्क लाग्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यस्तै अस्पतालले इको सेवा, बेड भर्ना जनरल तर्फ, एक्सरे, इसीजी, प्याथोलोजी जाँच, गाईनोक्लोजी सर्जरी, अर्थाेपेडिक सर्जरी, जनरल सर्जरी, आईसीयु तथा एनआईसीयु भर्ना र क्याबिन भर्नामा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको सैपाल ग्यास प्रा.लि.का मार्केटिङ मेनेजर दाहालले बताए । उनका अनुसार अस्पतालले ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत सम्म र इन्डोस्कोपीमा २० प्रतिशत सम्म छुट सेवा उपलब्ध गराउनेछ ।
सो वाफत सैपाल ग्यास प्रा.लि.ले कार्यालय परिसरमा अस्पतालको बारेमा जानकारी दिने फ्लेक्स राख्ने ठाउँ उपलब्ध गराउने पर्ने सम्झौतामा उल्लेख छ । अस्पतालबाट सम्झौता अनुसारका सेवाहरु प्राप्त गर्नका लागि सैपाल ग्यास प्रा.लि.का उपभोक्ताहरुले कम्पनिको कार्ड अनिवार्य रुपमा लैजानुपर्ने दाहालले बताए । उक्त सेवाहरु सम्झौता भएको दिनदेखी एक वर्षसम्म उपलब्ध गराईने बताईएको छ ।