खाेज्नुहाेस

कैलालीबाट ४ लाख बढीको अवैध सामान बरामद 

Image
अत्तरिया – कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याएका समान बरामद गरेको छ । बिहीबार धनगढी उपमहानगरपालिका – ३, धनगढी उपमहानगरपालिका –४ सब्जिमण्डी, बसपार्क, धनगढी उपमहानगरपालिका –१८ थापाघाट, भजनी नगरपालिका – ७ हिम्मतपुर र गोदावरी नगरपालिका – ४ हनुमान मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएका ४ लाख २९ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
जसमा लेडिज सुट, साडी, झोला, ट्रयाक सुट, पी–क्याप, एयर बोर्ट, मोटरसाइकलका विभिन्न पाट पुर्जा, मुगफलि, सुर्ती, गुड्खा, बिडी, तमाखु लगायतका सामानहरू सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
maya metro hospital
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका – ४ बेलौरी बजारबाट ३२ हजार १९० रुपैयाँ बराबरको सुर्ती, गुट्खा, बिडी, सलाई, बिस्कुट, तेल, कुरकुरे लगायतका किराना सामानहरू इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।