अत्तरिया – कैलालीको गोदावरीमा नदिजन्य पदार्थको अबैध उत्खनन गर्ने टिप्पर ट्याक्टर नियन्त्रणमा लिईएको छ ।
नगरपालिकाले ठेक्का मार्फत रोयल्टी सकलन गर्दै आएको खुटिया नदीबाट जिल्ला प्रशासन र जिल्ला समन्वय समिति को टोलीले टिप्पर ट्याक्टर नियन्त्रणमा लिएको हो ।


प्रशासनले नदीबाट ठूलो सख्यामा टिप्पर ट्याक्टर नियन्त्रणमा लिएको जनाईए पनि ईप्रका मालाखेतीको प्राङ्गणमा ५ वटा ट्याक्टर र ३ टिप्पर राखिएका छ्न ।
टिप्पर, ट्याक्टर भागेको आधिकारिक पुष्टि हुन बाकी रहेको भएपनी अहिले अनुगमन टोलीले भागेका ट्याक्टर टिप्परको खोजी गरिरहेको जनाएको छ ।
अपडेट : खुटिया नदीबाट नियन्त्रणमा लिइएका १८ गाडी सुरक्षा घेराबाटै गायब
