अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको पाँचौँ साधारण सम्पन्न भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यमा खानेपानी समितिको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दीर्घ बहादुर साउँदको अध्यक्षतामा सम्पन्न साधारण सभामा खानेपानीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी योजनाका बारेमा पछि छलफल गरिएको थियो ।

साधारण सभामा प्रस्तुत गरिएको आयव्यय विवरणमा आर्थिक वर्ष २०८०/०८१ मा पानी महसुलबाट ३६ लाख ९० हजार ९११ रुपैयाँ आम्दानी गरिएको जनाइएको छ । संस्थाले सो अवधिमा जरिवाना, नयाँ धारा जडान लगायतका १३ शीर्षकमा कुल ६६ लाख ३४ हजार ३८९ रुपैयाँ आम्दानी गरेको छ । जसमा ५१ लाख ४२ हजार बढी खर्च भएको जनाइएको छ ।
संस्थाले उक्त आर्थिक वर्षमा ९६ लख ६४ हजार ५४५ रुपैयाको कारोबार गरेको छ । जसमा सबै खर्च कटाएर १४ लाख ९१ हजार ९४२ रुपैया नाफा आर्जन गर्न सफल भएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।