खाेज्नुहाेस

कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

Image

धनगढी – कैलालीको घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका–४ र घोडाघोडी नगरपालिका–८ का छुट्टाछुट्टै स्थानमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते भएका हुन ।

navjiwan hospital

मंगलबार घोडाघोडी नगरपालिका–४ सिम्थरीमा सुदूरपश्चिम प्रदेश ०१०१२ प १५६५ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय खेमराज बिनाडीलाइ ठक्कर दिँदा उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको सुखडमा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकल चालक रामबहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital

यस्तै घोडाघोडी नगरपालिका–८ दिपनगरमा सुदूरपश्चिम प्रदेश ०१०१३ प ०००८ नम्बरको विनोद मोटरसाइकलले पैदल यात्री ८० वर्षीय बिन्द्रा जैसीलाई ठक्कर दिँदा घाइते भएकी छिन । मंगलबार कुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी जैसीको उपचारको लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।