
अत्तरिया – कैलालीको टीकापुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । मंगलबार टीकापुर नगरपालिका – ९ खक्रौला स्थित सडक खण्डबाट जानकी गाउँपालिका – २ का २३ वर्षीय सिद्धार्थ भनिने गगन चन्द र दैलेखको आठबिस नगरपालिका –४ मेल्तडिका २३ वर्षीय दीपेन्द्र माझी पक्राउ परेका छन् ।

दुवै जनाको साथबाट ७३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।