धनगढी– कैलालीको मोहन्याल गाउँपालिकामा एक महिलालाई बाघले आक्रमण गरेको छ ।

गाउँपालिकाको वडा नं. ७ कुइनेकी ४५ वर्षिया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो । छाउगोठभित्र सुतिरहेकी महिलामाथि उनलाई आईतबार राती अन्दाजी साढे १० बजे बाघले आक्रमण गरेको बताईएको छ ।

छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो । उनी सामान्य घाइते छिन् ।