खाेज्नुहाेस

कैलालीमा १५ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Image

धनगढी– कैलालीको जोशीपुरमा एक बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन । जोशीपुर गाउँपालिका– ६ की १५ वर्षिया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका– १ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

किशोरीमाथी पक्राउ परेका २ जना सहित ४ जनाले सामुहिक बलात्कार गरेको बताईएको छ । मंसिर २२ गते बलात्कार भएपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य २ जना भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

attariya hospital

उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।