खाेज्नुहाेस

कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ 

Image
अत्तरिया – कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीले विना इजाजत वन पैदावार ओसारपसार तथा कटान गरेको मुद्दा र क अनादर मुद्दामा दोषी ठहर गरी फरार रहेका एक एक जना पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
विना इजाजत वन पैदावार ओसारपसार तथा कटान गरेको मुद्दामा १ महिना कैद र ३९ हजार ६६६ रुपैयाँ जरिवाना तोकिई फरार रहेको गौरीगंगा नगरपालिका – ४ राजीपुरका ३५ वर्षीय गणेश सापकोटा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई अस्थायी प्रहरी पोस्ट राजीपुरबाट खटिएको प्रहरी टोली आइतबार घरबाटै पक्राउ परेको हो ।
maya metro hospital
यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकी फरार रहेका लालझाडी गाउँपालिका – ४ का ३२ वर्षीय वर्षीय दयाराम राना जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १ अदालत रोडबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेस गरेको प्रहरीले जनाएको छ ।