खाेज्नुहाेस

बाल अधिकारका लागि महिला सशक्तीकरण परियोजनाको सामाजिक परीक्षण

Image

भुवनी कुमारी भट्ट, अत्तरिया  – कैलालीको अत्तरियामा बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) नामक संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

केएनएस जर्मनी संस्थाको सहयोगमा यार्ड नेपालले गोदावरी नगरपालिकामा उक्त परियोजना सञ्चालनमा ल्याएको थियो । सन २०२३ अगस्त १ गते देखी सुरु भएको उक्त परियोजना सन २०२५ को जनवरी ३१ मा सम्पन्न हुदैछ । कार्यक्रममा परियोजना अन्तरगत भएका विभिन्न गतिविधिहरूका बारेमा जानकारी दिइएको थियो । उक्त परियोजनाले नगरपालिकाको वडा नं. १, ४, ७ र १० मा विभिन्न कार्यहरू गरेको छ । जसअन्तर्गत प्रत्येक वडामा ८ वटाका दरले ३२ वटा आत्मनिर्भर समूह निर्माण गरेर सो समूहहरूलाई ७ दिने विभिन्न नेतृत्व तथा सीप सम्बन्धी तालिम प्रदान गरेको परियोजनाका सहजकर्ता महेन्द्र शाहीले जानकारी दिए ।

attariya hospital

उनले परियोजना अन्तरगत नै बाल दिवस, लैङ्गिक हिंसा विरुद्धको अभियान लगायतका दिवस तथा समारोहहरुमा विभिन्न गतिविधिहरू गरेको बताए । उनले त्यति मात्रै नभई परियोजना अन्तरगत सामाजिक जागरूकता बढाउने गतिविधिहरू पनि सञ्चालन गरेको बताए । जसमा बालबालिका तथा महिलाहरूलाई बालविवाह, छाउपडी सम्बन्धी सामाजिक संवाद, बाल र महिला अधिकारमा केन्द्रित सडक नाटक, बाल अधिकारसँग सम्बन्धित चित्रकला लगायतका गतिविधिहरू समेटिएको उनको भनाई छ । परियोजना सञ्चालनका लागि ८८ लाख ९३ हजार ५६४ रुपैयाँ विनियोजित भएको थियो ।

navjiwan hospital

संस्थाका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले नगरपालिकाले विभिन्न संघ सस्थाहरु सँग समन्वयन गरेर कार्यक्रम सञ्चालन गरिँदै आएको बताइन । उनले नगर भित्र रहेका महिला, बालबालिका, दलित, पछाडि परेका समुदायको उत्थानका लागि संघसस्थालाई स्वीकृति दिएर पठाइने गरेको बताइन । उनले यार्डले बालबालिकाका लागि महिला सशक्तीकरणमा महतपूर्ण भूमिका खेलेको बताइन् । उनले यार्डलाई आगामी दिनमा पनि नगरमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।

maya metro hospital

नगरका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्टले नगरपालिका वडाले चाहेर पनि गर्न नसकेका काम संघसस्थाले गर्ने भएकाले यसले नगरको विकासमा सहयोग पुग्ने बताए । उनले कार्यपालिका बैठकमा छलफल गरेर संस्थाहरूलाई वडामा काम गर्न पठाइने गरेको भए पनि वडा सँग समन्वयको अभाव भएकाले त्यसमा सुधार गर्नुपर्ने बताए । उनले संस्थाले धेरै काम भन्दा पनि थोरै काम गरे पनि देखिने गरी गरिनुपर्ने बताए ।

वडा नम्बर ७ की वडाध्यक्ष कलावती साउँदले पनि संस्थाहरूको वडा सँग समन्वयनको अभाव भएकाले त्यसमा सुधार ल्याउनुपर्ने बताइन । उनले वडाले पनि सामाजिक क्षेत्रमा काम गर्ने भएकाले यसमा समन्वयन हुनुपर्ने बताइन् । ‘संस्थाहरूलाई नगरपालिकाले नै वडाहरूमा काम गर्न पठाउँछ’ उनले भनिन् ‘तर, वडामा संस्थाहरूको समन्वयनको अभाव छ ।’ संस्थाका अध्यक्ष विमला भण्डारीले केही ठाउँमा समन्वयनको अभाव रहेको भए त्यसमा सुधार गरिने बताइन् ।

Karma Consultancy