खाेज्नुहाेस

गोदावरीमा अपाङ्गता भएका व्यक्तिलाई मोबाइल मर्मत तालिम दिइने

Image

ममता खत्री, अत्तरिया  – कैलालीको गोदावरी नगरपालिकाले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीको सहकार्यमा निःशुल्क मोबाइल मर्मत तालिम दिने भएको छ ।

navjiwan hospital

अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउन नगरपालिकाले तीन महिने (९० कार्य दिवस) तालिम दिन लागेको हो ।

attariya hospital

तालिममा सहभागीताका लागि नगरपालिकाले माघ २२ गते सम्म आवेदन माग गरेको छ । साधारण लेखपढ गर्न सक्नेले आवेदन दिन मिल्ने उक्त तालिममा १६ देखि ४० वर्ष उमेर समूहकाले सहभागी हुन सक्नेछन् । २० जनालाई दिइने उक्त तालिममा गोदावरी नगरपालिकाको स्थानीय हुनुपर्ने मापदण्ड राखिएको छ ।