खाेज्नुहाेस

अत्तरिया जेसिजको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसिज वर्ष २०२५ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका अर्थराज्य मन्त्री प्रकाश बहादुर बमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

navjiwan hospital

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बमले अन्य संस्थामध्ये जेसिज फरक संस्था भएको बताए । उनले जेसिजले युवायुवतिको नेतृत्व र ब्यक्तित्व विकासमा अत्यन्तै राम्रो काम गरिरहेको बताए । साथै उनले सामाजिक सेवामा पनि जेसिजले अनुकरणिय काम गरिरहेको बताए ।

attariya hospital

उनले आगामी दिनमा आफुले जेसिज अत्तरियाका लागि सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा अत्तरिया जेसिजका सम्पुर्ण पुर्व अध्यक्षहरुको सहभागीता रहेको थियो । यसअघि यही पौष १५ गते भएको अत्तरिया जेसिज वर्ष २०२४ को १३औ वार्षिक साधारण सभाबाट जेसिजको वर्ष २०२५ का लागी प्रदिप खड्का अध्यक्षमा निर्वाचित भएका थिए ।