खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट साढे ५ लाखको अवैध सामान बरामद 

Image
अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले साढे ५ लाख बढीको अवैध सामान बरामद गरेको छ । बुधवार कैलालीको धनगढी, गोदावरी, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध सामान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, गोदावरी नगरपालिका – ४ गोदावरी वनदेवी मन्दिर नजिक र कैलारी गाउँपालिका – ३ शिवरत्नपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ६४ हजार ९१० रुपैयाँ बराबरको कस्मेटिक समान, फेन्सी कपडा, सुर्ती, चकलेट, कुरकुरे, नल्का, भडावर्तन लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
maya metro hospital
यस्तै भीमदत्त नगरपालिका –  ११ भुजेलाबाट २ लाख ५ हजार ४ सय बराबरको चिनी, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको छ ।
Karma Consultancy
सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।