अत्तरिया – कैलालीको गोदावरीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

बुधबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका –४ वसन्तपुरमा अटोले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन ।

घाइते हुनेमा मोटरसाइकल चालक गोदावरी नगरपालिका – ७ का २२ वर्षीय भरत खड्का र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँकी ४८ वर्षीय शुर्जादेबि खड्का रहेको प्रहरीले जनाएको छ । दुवै जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीले अटो चालक ४० वर्षीय मिलन रोक्का मगरलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।