अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । बुधवार कैलालीको धनगढी, भजनी, कञ्चनपुरका भीमदत्त नगरपालिका र बेलौरीबाट अवैध सामान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, भजनी नगरपालिका – ६ नवलपुर र भजनी नगरपालिका – ८ काडा पुलबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३८ हजार ७४० रुपैयाँ बराबरको प्याज, बदाम, मोटरसाइकलको प्लक, केक पाउडर, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै बुधवार नै भीमदत्त नगरपालिका – ६ ऐठपुर र बेलौरी नगरपालिका – १ भैसोडीबाट २ लाख ५३ हजार ९५० रुपैयाँ बराबरको माछा, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
